२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोटरी न्यातपोलको अध्यक्षमा घिमिरे

अ+ अ-

काठमाडौँ । रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले र बोर्ड कमिटीले पदभार ग्रहण गरेका छन् । क्लबको छैटौँ पदस्थापना कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई निवर्तमान अध्यक्ष राकेशराम श्रेष्ठले कार्यभार हस्तान्तरण गरे । 

घिमिरेले गत वर्षहरूदेखि हुँदै आएका क्लबका सामाजिक कामहरूको निरन्तरता दिँदै यस वर्ष ग्रामीण भेगका किसानलाई प्रोत्साहित गर्दै व्यावसायिक कफी खेतीमा सहयोग गर्ने योजना रहेको घोषणा गरे । ‘ब्लाक गोल्ड’का रूपमा परिचित कफीको उत्पादन बढाइ ग्रामीण किसानको अर्थोपार्जनमा सघाउन कफी खेती प्रवर्द्धनको योजना ल्याइएको घिमिरेको भनाइ छ ।

घिमिरे नेतृत्वको कार्यसमितिमा निवर्तमान अध्यक्ष एवं सर्जेन्ट एट आम्र्समा राकेशराम श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट रमन श्रेष्ठ, उपाध्यक्ष उमेश पाण्डे, सचिव कृष्ण कुँवर, कोषाध्यक्ष प्रबिना अमात्य, क्लब लनिङ फ्यासिलिटेटर विजय शर्मा, एड्मिन डिरेक्टर अप्सरा तिमिल्सिना, सर्भिस कमिटीमा डिरेक्टर उपासना शर्मासहित दिपेस रेग्मी र प्रविन अधिकारी छन् । 

त्यस्तै टिआरएफ निर्देशक ऋतु वाग्ले, अन्तर्राष्ट्रिय समितिका निर्देशक अनिसा जोशीसहित उत्सव सिंह अधिकारी, कृष्मा जोशी र प्रवेशलाल जोशी, पब्लिक इमेज कमिटीमा बासु महर्जन र अजय अर्याल, मेम्बरसिप कमिटीमा निर्देशक सुनैना श्रेष्ठसहित प्रबिन महर्जन तथा सल्लाहकारमा सागर लोहनी र सुवर्ण थापा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी डिस्ट्रिक २३९२ नेपाल भुटानका गभर्नर विष्णुबहादुर कार्कीले विगतमा रिटर्‍याक्टको सफल नेतृत्व गरिसकेका घिमिरेले रोटरी न्यातपोललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । 

क्लबका असाइन असिस्टेन्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले सदस्यहरूको व्यक्तित्व विकास र आपसी सम्बन्धको बिस्तारलाई मध्यनजर गर्दै फेलोसिप र नेटवर्किङ बैठकहरूको योजना क्लबको उत्कृष्ट पाटो रहेको टिप्पणी गरे । 

त्यस अवसरमा रोटरी इन्टरनेशनल जोन ६ को मेम्बरसिप कोर्डिनेटरमा मनोनीत सन्जय गिरी, जोन ६ कै असिस्टेन्ट क्षेत्रीय मेम्बरसिप संयोजकमा मनोनीत जितेन्द्रबहादुर भण्डारीलाई रोटरी न्यातपोलको तर्फबाट सम्मान समेत गरिएको थियो । क्लबका संस्थापक अध्यक्ष विजय शर्माले क्लबका गतिविधिमा रोटरी डिस्ट्रिकको निरन्तर साथ र समर्थनप्रति आभार व्यक्त गरे । 

त्यस्तै क्लबले पदस्थापन कार्यक्रममै पत्रकार कमलकुमार बस्नेत र पर्वतारोहण व्यवसायमा सक्रिय प्रशन्न घिमिरेलाई नयाँ सदस्यता प्रदान गरेको छ । 

कार्यक्रम रोटरी डिस्ट्रिक २३९२ नेपाल भुटानका पूर्वगभर्नरहरु योगेन्द्रमान प्रधान, चिन्तामणी भट्टराई,  निवर्तमान गभर्नर राजेन्द्रमान सेरचन, गभर्नर नोमिनी आइ पि ढकाल, अग्रज रोटेरियन के बि क्षेत्री, भुवनकुमार श्रेष्ठ, दिनेश मानन्धर, विष्णुहरि दाहाल, राजेन्द्र श्रेष्ठ, लाक्फुटी सेर्पा, लक्ष्मी खनाल, अमित गिरी  विनीता हाडा, सुमिरा श्रेष्ठ, अनिल थपलियालगायतको उपस्थित थियो ।

त्यस्तै मास्टर सेफ सन्तोष साह, बिबि एयरका संस्थापक विष्णुबहादुर ढकाल, नेपाल टेबल फुसबल एसोसिएसनका उत्तम घिमिरे, गायिकाद्वय रेश्मा पुन र सिर्जना खत्रीले रोटरीको सामाजिक काममा होस्टेमा हैँसे गर्न तयार भएको प्रतिबद्धता व्यक्त गरे ।