२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लो-घेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

अ+ अ-

मुस्ताङ । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गाउँपालिकाभित्रका ढुंगा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए । पछिल्लो समय आफूखुसी घर निर्माण गर्दा मौलिकता मासिएको भन्दै घर निर्माणमा निश्चित मापदण्ड तोक्नु परेको उनले बताए । 

गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा  भवन निर्माण गर्दा भित्तामा सेतो र घरको छत (बोर्डर), झ्याल, ढोकाको रङ कालो हुनुपर्ने नियम बनाएको छ । यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिनेसमेत गाउँपालिकाले जनाएको छ । 

“जिल्लाको पहिचान नै यहाँका ढुंगा र माटोले निर्मित परम्परागत घरहरू हुन् । पछिल्लो समय आधुनिकताका कारण त्यही पहिचान  मासिँदै गएको छ । त्यसैले नियम लागू गर्नुपरेको हो”, अध्यक्ष विष्टले भने ।

नियम पालनाका लागि पालिकाले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित अनुदानको व्यवस्थासमेत गरेको छ । “हामीकहाँ गुम्बाको रङ रातो र पहेँलो, व्यक्ति र समुदायका घर सेतो र कालो हुन्छ”, उनले भने, “त्यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ । क्षमता नभएकालाई सहयोगको नीति पनि छ । पक्कै यसले प्रोत्साहन गर्नेछ ।”

यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँ बस्तीका घरको भौतिक संरचना ढुंगा र माटोले निर्मित छन् । यहाँ सदियौँदेखिको घरका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन छ । पछिल्लो समय यहाँ कङ्क्रिटका घर निर्माण हुने क्रम बढ्दो छ ।