२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउपडी प्रथाको अन्त्य र संसदीय मर्यादाको रक्षा गर्न सांसद तामाङ माग

अ+ अ-

काठमाडौँ । सांसद तारा लामा तामाङले छाउपडी प्रथाको अन्त्य र संसदीय मर्यादाको रक्षा गर्न माग गरेका छन् । 

आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै  तामाङले छाउपडी प्रथाका कारण भएको एक महिलाको मृत्युको घटनालाई दुःखद भन्दै यस प्रथाको उन्मूलनका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । साथै, उनले संसद भित्रका असंयमित अभिव्यक्ति र भ्रमपूर्ण सूचनाले राष्ट्रको गरिमा घटाउने खतरा औँल्याउँदै सांसदहरूलाई संयमित र जिम्मेवार बन्न आह्वान गरे ।

कञ्चनपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तामाङले संसदमा आफ्नो धारणा राख्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले डसेर शनिबार राति सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको घटनालाई पीडादायी भएको बताएका छन् । “मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उनले भने, “अत्यन्त गरिबी झेलिरहेको परिवारकी मृतक हालै भारतबाट घर फर्किनुभएको थियो। श्रीमान् पुरन दमाई भारतमा हुनुहुन्छ भने छोराहरू आयुष दमाई (१५ वर्ष), आशिष दमाई (१२ वर्ष) र आदित्य दमाई (५ वर्ष) छन्। मृतकको परिवारलाई राहत तथा आर्थिक सहयोगका लागि अनुरोध गर्दछु।”

सांसद तामाङले २१औँ शताब्दीमा पनि कञ्चनपुरजस्ता जिल्लामा छाउपडी प्रथा कायम रहेकोमा चिन्ता व्यक्त गर्दै अछाम, बाजुरा, डोटी र बझाङलगायत पहाडी जिल्लाहरूमा यो समस्या अझ गम्भीर रहेको बताए । “महिनावारी भएका महिलाहरूलाई गोठ वा खुला छाप्रोमा जनावरसँगै राख्ने यो प्रथा मानव अधिकारको गम्भीर उल्लंघन हो,” उनले भने। सरकारलाई छाउपडी उन्मूलनका लागि प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्न, स्थानीय सरकारसँग समन्वय गरी कानुन पूर्ण रूपमा लागू गर्न र संविधानमा उल्लेखित लैङ्गिक समानता तथा सम्मानजनक जीवनको अधिकारलाई व्यवहारमा उतार्न ध्यानाकर्षण गराए ।

संसदको गरिमा र सांसदहरूको जिम्मेवारीबारे बोल्दै सांसद तामाङले पछिल्लो समय संसदभित्रका केही अभिव्यक्तिहरूले ‘झुटा शिक्षक’ ‘झुटा भविष्यवक्ता’ वा ‘भ्रमकारी’ जस्ता आरोप लाग्ने स्थिति सिर्जना गरेको उनले बताए । “सामाजिक सञ्जालहरू जस्तै फेसबुक, युट्युब र टिकटकमा फैलिने मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्विचले समाजमा जातीय, क्षेत्रीय र धार्मिक असहिष्णुता बढाइरहेको छ,” उनले भने। यस्ता भ्रमपूर्ण कुरालाई संसदमा प्रवेश गराउनु दुःखद भएको उल्लेख गर्दै उनले सांसदहरूलाई सत्यमा आधारित र संयमित अभिव्यक्ति दिन आग्रह गरे ।

“संसद्लाई विवादको थलो होइन, समाधानको मञ्च बनाऔँ,” भन्दै उनले सभामुख मार्फत सरकार र सांसदहरूलाई जनसरोकारका विषयमा संवेदनशील बन्न सुझाव दिए । साथै, विचाराधीन मुद्दाहरूमा अनौपचारिक टिप्पणीले लोकतान्त्रिक संस्कृतिलाई चोट पुर्‍याउने खतरा औँल्याउँदै संसद नियमावलीअनुसार असंयमित अभिव्यक्तिमा कार्यवाही गर्न सभामुखलाई आग्रह गरे । 

यस्तै उनले वर्षा यामका कारण कञ्चनपुरको दोदा, चौधर र महाकाली नदीलगायत देशका अन्य नदीहरूमा बाढी तथा पहिरोको जोखिम बढेको उल्लेख गर्दै सांसद तामाङले जनधनको क्षति न्यूनीकरणका लागि सरकारलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे।