२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक चण्डी बजारको संरक्षण

अ+ अ-

भोजपुर । रामप्रसादराई गाउँपालिका-८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रूपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो । 

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रको रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले रु चार लाख बजेट विनियोजन गरेर संरक्षण गरेको हो । “किराँत संस्कृतिको जर्गेना गर्ने लक्ष्यले चण्डी बजारको संरक्षण गरेका छौँ” वडाध्यक्ष राईले भने, “यो स्थानको संरक्षण नहुँदा स्थानीयलाई समस्या थियो । स्थानीयको मागलाई ध्यानमा राख्दै ऐतिहासिक तथा सांस्कृतिक स्थलको संरक्षण गरेका हौँ ।”

यो स्थानमा किराँत राईहरूले वर्षमा उँधौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताए । यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उहाँको भनाइ छ ।