२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने

अ+ अ-

 पर्सा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने बताएका छन् ।

नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र नि:सन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आज यहाँ शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेस प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको सङ्ख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता औँल्याए।

“आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,” उनले भने, “अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।”

मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौला रोगीको डाइलाइसिस गर्दै आइरहेको जानकारी दिए। “अहिले मिर्गौला रोगीको बिरामी भयावहजस्तै भइरहेको छ । आठ हजारभन्दा धेरै त वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा देखिएको छ,” उनले भने, “तीमध्ये चार हजारभन्दा धेरै मधेस प्रदेशका जनताले मिर्गौलाको डाइलाइसिस गर्दै आइरहेकाले मधेस प्रदेशमा मिर्गौलाको उपचार गर्ने विशिष्टकृत अस्पताल स्थापना गर्न लागेका हौँ ।”

मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने बताए । उनले नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरीटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातमालोले मात्रै व्यवस्थित गराउन सकिने उल्लेख गरे । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालले पछिल्लो समय विभिन्न उपचार थप गर्दै आइरहेको जानकारी दिए।

“आजदेखि हामीले निसन्तान दम्पतीका लागि नि:शुल्क रूपमा आइयुआई युनिटको शुभारम्भ गरेका छौँ,” उनले भने, “यसले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।”