२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटन मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताए।

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको बताए । हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा नियमित उडान भइरहेको र अन्य एयरलाइन्ससँग समेत छलफल तथा समन्वय गरी उडान विस्तार गर्ने प्रयास जारिरहेको उनले उल्लेख गरे । 

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारका कामलाई विशेष प्राथमिकता दिइएको बताए। उनले भने,“वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधार गरी निगमको बजार हिस्सा वृद्धि गर्न विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने वा रणनीतिक साझेदार भित्र्याएर संचालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पसहित सुझावहरू प्राप्त भएका छन् । उपलब्ध विकल्पबारे विस्तृत अध्ययन र छलफल गरी निगमको आवश्यक सुधार गर्ने विषय मन्त्रालयको उच्च प्राथमिकतामा छ ।”

मन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराए । सरकारले हालसम्म ४७२ वटा हिमाल आरोहणका लागि खुला गरेको तथा ती हिमालको प्रचारप्रसार र प्रवर्द्धनका काम धमाधम भइरहेको उनको भनाइ थियो । मन्त्री पाण्डेले पर्यटन विभागले आठ हजार मिटर अग्ला हिमालबारे आधारभूत जानकारीसहितको पुस्तिका प्रकाशन गरी प्रचार गरिरहेको जानकारी दिए । 

बैठकमा सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल र माधव सापकोटाले पर्यटन मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गरेका थिए ।