२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी सरकारद्वारा प्रहरीलाई अत्याधुनिक सुरक्षा उपकरण हस्तान्तरण

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ ।

बुधबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

प्रहरीलाई हस्तान्तरण गरिएको सामग्रीमा प्रमुख रूपमा सवारीसाधनको नम्बर प्लेट चिन्न सक्ने क्यामरा लगायत अत्याधुनिक उपकरणहरू रहेका छन्। यसअन्तर्गत ४ थान नम्बर प्लेट चिन्ने क्यामेरा, ४ थान कृत्रिम बुद्धिमत्ता (एआई) क्यामेरा, २ थान भिडियो रेकर्ड गर्ने यन्त्र (एनभीआर), २ थान मोनिटर, रातको समयमा दृश्य स्पष्ट देखिने ४ थान बत्ती, ४ थान फलामका पोल, १ हजार मिटर अप्टिकल फाइबर, ४ थान इन्टरनेट चलाउन सहयोग गर्ने पिओई स्विच, २ थान फाइबर मोड्युल स्विच, २ थान पोल यु.पी.एस. र २ थान ब्याट्रीसहित यु.पी.एस. सहित १ थान केन्द्रीय निगरानी तथा भिडियो व्यवस्थापन सफ्टवेयर प्रदान गरिएको हो ।

त्यस्तै, सुरक्षाको थप मजबूतीका लागि प्रयोग गरिने २ थान ड्रोन क्यामेरा, जसमा २६५ जीबीको एसडी कार्ड समेत समावेश गरिएको छ । त्यसैगरी, व्यक्तिहरूको प्रवेश निगरानी गर्न प्रयोग हुने २ थान वाकथ्रु गेट र त्यससँगै २ थान एभीआर समेत प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

मन्त्री अग्रवालले प्रविधिको प्रयोगमार्फत सुरक्षामा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले यस्ता उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए ।

उनले सुरक्षाका क्षेत्रमा प्रदेश सरकारले गरिरहेको लगानीले अपराध नियन्त्रण, सडक सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी नायव महानिरीक्षक भट्टले प्राप्त उपकरणहरूलाई सुरक्षाका विभिन्न गतिविधिमा प्रभावकारी रूपमा प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।