२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त सहकारीका ८ हजार ऋणीको अचल सम्पत्ति रोक्का, २९ करोड ऋण असुल

अ+ अ-

काठमाडौँ। समस्याग्रस्त सहकारी संस्थाहरूका ८ हजार ऋणीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरिएको छ । समस्याग्रस्त सहकारीका ऋणीहरूले लिएको ऋण पटक पटक ताकेता गर्दा समेत नतिरेपछि सरकारले उनीहरूको जनखाता र अचल सम्पत्ति रोक्का गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार ८ हजार ऋणी सदस्यहरूको खाता र अचल सम्पत्ति रोक्का गर्ने कार्य भएको छ । समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका ऋणीहरूबाट २९ करोड ऋण असुल भएको छ । पाँच वटा मार्ट व्यवस्थापन भएको छ । सहकारी संस्थाका ४८ सेवा केन्द्रको व्यवस्थापन भएको छ ।

सरकारले हालसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषण गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट समस्याग्रस्त घोषित २३ मध्ये राफसाफ भएका सहकारी संस्थाहरू ५ वटा रहेकोमा सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारी संस्था १८ वटा रहेका छन् । हालसम्म ६१ हजार ९४ कुल दाबीकर्ताहरूमध्ये ८ हजार ९८८ सदस्यहरूलाई बचत फिर्ता गरी सकिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय मार्फत बचतकर्ता र ऋणीबिच हिसाब मिलान गरी ३ अर्ब ७१ करोडको दायित्व मिलान भुक्तानी फरफारक गरिएको छ ।

सहकारी विभाग मार्फत ४० वटा सहकारी संघ संस्थाको सघन अनुगमन गरी देखिएका कमी कमजोरी सुधारका लागि निर्देशन दिइएको छ । कोपोसिम प्रणालीमा आर्थिक वर्ष २०८१र८२ मा एक हजार ४९३ गरी हालसम्म १९ हजार १८९ सहकारी संस्थाहरू आबद्ध भएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापनको काम छिटो र छरितो प्रक्रियाबाट सम्बोधन गर्न पीडितहरूको बचत रकम फिर्ता र दायित्व फरफारक गर्ने कार्य योजना तयार पारिएको मन्त्री अधिकारीले जानकारी दिएका छन् ।