२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधान महाधिवेशनमा रचनात्मक र सकारात्मक भूमिका खेल्न ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटब्युरो बैठकमा उनले ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नु बोल्दै अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिएका छन् ।

यस्तै, बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शंकर पोखरेलको पार्टीको संगठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताएका छन् ।

उनले पार्टी संगठित सदस्य १५ प्रतिशतले बढेको जानकारी गराए ।

‘अहिलेको पार्टी सदस्यता, नवीकरण हेर्दा खेरी झण्डै १५ प्रतिशत बढेको भन्ने जानकारी गराए, तथ्यांक आउने क्रम जारी छ । सबै तथ्यांक आएपछि सार्वजनिक गर्दछौ’, उनले भने, ‘पार्टी संगठति सदस्य बढेकोमा हामी उत्साही भएका छौ ।’

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि आज सात जनाले आआफ्नो धारणा राखेका छन् ।

लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलेका थिए । भोलि अन्य पोलिटब्युरो सदस्य बोल्ने तयारी रहेको छ ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने राखिएको छ ।

यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ ।

यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।

यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रूपमा मानिएको थियो ।

बैठकले पार्टीमा सदस्य र संगठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको उनले जानकारी दिए । जनसंगठनमा आबद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेपछि मात्र संगठित सदस्य रहने छन् ।

यस्तै, आज पोलिटब्युरो केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकोले भोलि बिहान ११ बजे बस्ने बैठकमा बोल्ने छन् । बैठक च्यासलस्थित पार्टी कार्यालयमा बस्ने छ ।