काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौँ फर्कने छ ।
आज आइतबार बीडब्लुजीको बैठक तयारीका लागि बैठक राखिएको छ । गत ०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा सौहार्द बन्न नसकेको ओली-मोदी एक्लाएक्लै भेटका क्रममा सम्भवतः नेपाल भारत सीमा, चुच्चे नक्सा आदि प्रसंग उठेको थियो, जसका कारण यसपल्ट ओलीको आसन्न दिल्ली भ्रमणको सुरुवातमै यो विषयले प्राथमिकता पाउने छ ।







