२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरा दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

अ+ अ-

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

सोही गाउँपालिका-५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेर आएको बा प ०३–००१ ज ०३३८ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

जीप दुर्घटनामा परी घाइते भएका जीप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए। उनले एकै पटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटकपटक गरेर सबैलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको बताए। 

दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जनाउँदै उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको मृत्यु बताए । दुर्घटनापछि हिमाली गाउँपालिकाले घाइतेको उद्धारका लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ ।