२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पाण्डेले भने-‘पर्यटन पूर्वाधारमा निजी क्षेत्रलाई रातो कार्पेटमा स्वागत गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन पूर्वाधार विकासमा आवश्यक लगानी सरकार एक्लैले गर्न नसक्ने बताए । यसका लागि निजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्ने उनको तर्क छ ।

मन्त्री पाण्डेले हाल मन्त्रालयले नीतिगत सुधारमा ध्यान दिएको बताए । उनले पर्यटन मन्त्रालयसँग धेरै अपेक्षा रहेको भन्दै बजेटको प्राथमिकतामा भने कम पर्ने गरेको गुनासो गरे ।

उनले नेपाललाई दृश्यका माध्यमबाट अझ सुन्दर देखाउन सबैको प्रयास आवश्यक रहेको बताए । मन्त्री पाण्डेले किराँत सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्न संघ सरकार प्रतिबद्ध भएको समेत मन्त्री पाण्डेले बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पछिल्लो समय पर्यटकहरूको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरे ।

जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीतसंगीतका भिडियोले पनि नेपालका पर्यटकीय गन्तव्य प्रचार–प्रसार गरिरहेको बताए ।