२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला, बालबालिका मन्त्रालयले चार वटा बालसुधार गृह आफैँले सञ्चालन गर्ने

अ+ अ-

काठमाडौँ । गैरसरकारी संस्थाद्वारा सञ्चालित चार वटा बाल सुधार गृहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफैँले सञ्चालन गर्ने भएको छ।

महिला, बालबालिका मन्त्री नवल किशोर साह सुडीले आफ्नो कार्यकालको पछिल्लो एक वर्षमा भएका काम कारबाहीका बारेमा जानकारी दिँदै युसेप गैरसरकारी संस्थाद्वारा सञ्चालित भक्तपुर, कास्की, मोरङ र बाँकेका बाल सुधार गृहलाई चालू आर्थिक वर्षमा सरकारले नै सञ्चालन गर्ने व्यवस्था भएको जानकारी दिए।

उनले सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको र सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताए। 

एक वर्षको अवधिमा भारतका विभिन्न स्थानमा बेवारिस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायतका ७१ जना बालबालिकालाई स्वदेश फिर्ता गराइएको, जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरिएको मन्त्री सुडीले जानकारी दिए। त्यस्तै गत आर्थिक वर्षमा मन्त्रालयको कुल बजेटमध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भइ जम्मा ५० दशमलव १६ प्रतिशत वित्तीय प्रगति हासिल भएको मन्त्री सुडीले बताए।