२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलेश्वरमा गत आवमा ७३ लाख भेटी संकलन

अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी संकलन भएको छ । 

आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए। 

उनका अनुसार आर्थिक वर्ष २०८०र ८१ मा कुल रु ५८ लाख ४० हजार ५१० भेटी संकलन भएको थियो । ०८१र८२ मा नियमित रु ४७ लाख १० हजार २९० र मेला पर्वमा रु २६ लाख पाँच हजार ६३७ भेटी संकलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिए । 

भेटीसहित विभिन्न शीर्षकमा बैंक ब्याजबाहेक गत वर्षमा रु ९४ लाख १५ हजार १७ आम्दानी भएको उनले बताए । यज्ञ दर्ताबाट रु चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा रु सात लाख १९ हजार ७१४, सहयोग रु तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत रु पाँच लाख ४६ हजार ७७० आम्दानी भएको छ ।

गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन् । मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । 

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा रु १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा रु छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन रु एक लाख सहयोग गरिएको अध्यक्ष रेग्मीले बताए । 

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

हिन्दू धर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुने धार्मिक विश्वास छ ।