२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक’: शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातिको उत्थानका लागि समुदायमा आधारित आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिएका थिए । 

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालद्वारा आज आयोजित विस्तारित बैठकमा महासचिव पोखरेलले हरेक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक-फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रणालीलाई आधार मानेर तीनै तहका सरकारले आर्थिक समृद्धिको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए । 

“आदिवासी जनजातिको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौँ । त्यसले कार्यक्रम रहुञ्जेल केही सफल जस्तो देखिए पनि त्यसको स्थायित्व हुने देखिएन”, उनले भने, “प्रत्येक समुदायले लामो समयदेखि अंगीकार गरेको परम्परागत प्रणालीलाई आधुनिक विकाससँग अन्तर सम्बन्धित गराएर सबै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रम निर्माण गरेमा आदिवासी जनजातिको आर्थिक समृद्धि टाढा छैन ।” 

नेपालका आदिवासी जनजातिलाई पार्टीको नीतिगत रूपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विश्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातिलाई चिन्ने कामको सुरुआत भएको भन्दै उनले त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने भन्दै उहाँको विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर पार्टीको सदस्यता नवीकरण नगर्ने निचोडमा पुगेको जानकारी दिए । 

महासंघका अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पार्टीले जनजातिका मुद्दालाई अगाडि सार्नुपर्ने बताए ।