२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिजोको धङधङीबाट मुक्त भएर काम गर्न कर्मचारीलाई मुख्यमन्त्री कँडेलको निर्देशन

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हिजोको धङधङीबाट मुक्त भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। कर्मचारीतन्त्रमा अझै परम्परागत शैली कायम रहेको भन्दै मुख्यमन्त्री कँडेलले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने बताएका हुन्।

आफूले सम्हालेको आन्तरिक मामिला र कानुन मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले मन्त्रालय सेवाग्राहीलाई दुख दिने अड्डा नभएको स्पष्ट हुन निर्देशन दिए। 

उनले भने, ‘मन्त्रालय भनेको कसैलाई दुख दिने होइन, सेवाग्राहीलाई सहजीकरण गर्ने अड्डा हो भन्ने विषयमा कर्मचारी साथी स्पष्ट हुनुपर्छ।’ 

मन्त्रीले नीतिगत विषयमा मात्र सहजीकरण गर्ने तर सेवाग्राहीसँग जोडिएका दैनिक विषय कर्मचारीबाटै सम्पादन हुने भएकाले सेवाग्राहीलाई गुनासोरहित सेवा दिन कर्मचारी बढी जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो। मुख्यमन्त्री कँडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवक हुँ भन्ने धारणा कर्मचारीमा विकास हुनुपर्ने जोड दिए। 

उनले भने, ‘यहाँ जिम्मेवारी सम्हालेपछि तपाईँ जस्तै म पनि सेवक हुँ, शासक होइन भन्ने विषयमा मैले हेक्का राखेको छु, तपाईँहरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्छु।’ नागरिकले सरकारका निकायबाट नयाँ ढंगले कार्यसम्पादन खोजिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले अब पद र ओहदा होइन, कार्यसम्पादन र नैतिकताले मात्र नेतृत्व गर्न सकिने बताए। 

उनले भने, ‘मन्त्री र सचिव पद मात्र हुन्, कार्यसम्पादन र नैतिकता भएन भने पदले मात्र हुँदैन।’ मन्त्रालयको कार्यसम्पादन गर्दा कतिपय कर्मचारीले जिम्मेवारी पन्छाउने गरेको सुनेको बताउँदै मुख्यमन्त्री कँडेलले जिम्मा लिएपछि नियम(कानुनले मिल्ने काम पन्छाउने कर्मचारीले बेलैमा आफ्नो कार्यसम्पादनबारे पुनरावलोकन गर्न निर्देशन दिए। 

उनले भने, ‘तपाईँहरूलाई सेवाग्राहीका काम नियमसंगत तरिकाले सम्पादन गर्न खटाएको हो, काम रोक्न होइन, काम गर्न सक्दैनौ भने आफ्नो भूमिकाबारे अहिले नै सोच्नुस्, काम अलमल्याएर सेवाग्राहीलाई दुख दिन पाउनुहुन्न।’ समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव डा। पुष्पराज शाहीले मन्त्रालयले यस वर्ष नागरिक घरबीमा, पत्रकार स्वास्थ्य बिमा, विपद् पीडितका लागि राहतजस्ता कार्यक्रम सञ्चालन गरेको बताए। उनले मन्त्रालयको कुल प्रगति ७१ प्रतिशत रहेको जानकारी दिए।