२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अपेक्षा पूरा गर्न नसक्दा प्रश्न उठे, सुदृढ गर्छौँ’-समाजवादी मोर्चा

अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कर्ष निकालेको छ ।

मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मूलभूत रूपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले यसलाई सुदृढ गरेर अघि बढ्ने गरी छलफल भएको जानकारी दिए ।

‘मूलभूत रूपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्,’ विश्वकर्माले अघि भने, ‘मोर्चाले जुन ढंगले गति लिनुपर्थ्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रूपमा परिपूर्ति गर्ने काममा केही सीमा रहे ।’

सोही कारण पनि पछिल्लो दिनमा मोर्चामाथि केही प्रश्न उठेको उनको भनाइ थियो । ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । हाम्रा सीमाहरूलाई निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौँ,’ उनले भने ।

समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए ।

त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले बताएका छन् ।