काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ, रूपन्देही, बारा, सुनसरीलगायतका जिल्लाबाट ११ जना पक्राउ परेका हुन् ।काठमाडौँ महानगरपालिका-१४ कलंकीबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय १० मिलिग्राम, गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागू औषधसहित मंगलबार बेलुकी पक्राउ गरेको हो ।
यस्तै, रूपन्देही, देबदह नगरपालिका-१० चरङेबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देबदह नगरपालिका-१० भलुही बस्ने २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ-१ बस्ने २५ वर्षीय प्रभुराम ओझा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित मंगलबार बेलुकी पक्राउ गरेको हो ।
बारामा पनि सिम्रौनगढ नगरपालिका-६ बाट अवैध लागू औषध ट्रामाडोल १० हजार ३ सय ८० ट्याब्लेट सहित भारत पूर्वी चम्पारण बिहार जितना ग्राम पञ्चायत अगर्वा-६ कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले बिआर ०५ बि के ७०३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको छ ।
यसैगरी, सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतराबाट नियन्त्रित लागू औषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पास्मो ५ सय ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय राजु शर्मा र उनकै श्रीमती ३२ वर्षीया रिता शर्मा रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले राजुको गोठ तलासी गर्दा उक्त लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, सुनसरी, इनरुवा नगरपालिका-४ बस चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २४ वर्षीय कुमार राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरुवा नगरपालिका-४ बस चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सोबित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







