२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत

अ+ अ-

काठमाडौँ। अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले बुधबार राष्ट्रिय सभामा प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

समितिले यसअघि ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ तयार पारेको थियो । जसलाई सभामा प्रस्तुत गरिएको हो ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति पन्तले नेपालको अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछि मुलुकलाई विभिन्न क्षेत्रमा फाइदा पुग्ने बताइन् ।

एलडीसी ग्र्याजुएसनको सकारात्मक पक्षको चर्चा गर्दै अगाडि प्रतिवेदनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय छविमा सुधार आउने, राष्ट्रको साख र विश्वसनीयतामा वृद्धि हुने तथा उदीयमान अर्थतन्त्रको रूपमा बढ्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने विश्वास गरिएको छ ।’

एलडीसी ग्र्याजुएसन भएपछि विदेशी लगानीकर्ताहरूको विश्वास बढाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक प्रभाव बलियो बनाउने विश्वास संसदीय समितिको छ ।

अगाडि भनिएको छ, ‘आर्थिक क्षेत्रमा पनि यसले महत्त्वपूर्ण फाइदा पुर्‍याउने छ । अन्तर्राष्ट्रिय पूँजी बजारमा सहज पहुँच, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि र विविध वित्तीय विकल्पहरूको उपलब्धता बढ्ने छ ।’

व्यापार वार्तामा नेपालको स्थिति बलियो हुनुका साथै स्वदेशी उद्योगहरूलाई बढी प्रतिस्पर्धी बन्न प्रोत्साहन मिल्ने पनि संसदीय समितिको विश्वास छ ।

समितिको अध्ययन प्रतिवेदनअनुसार अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाललाई समृद्धिको दिशातर्फ अगाडि बढ्न विभिन्न अवसरहरू पनि प्राप्त हुनेछन् ।