२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा लागुऔषधविरुद्ध व्यापक अभियान

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले लागुऔषध दुरुपयोगरहित घर बनाउने उद्देश्यले लागुऔषधविरुद्ध अभियान चलाएको छ।  

घरघरमा सचेतना फैलाउन यो अभियान चलाइएको प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।  

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा सञ्चालित लागुऔषधविरुद्धको अभियानअन्तर्गत नागार्जुन नगरपालिकाको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको सहकार्यमा आज नागार्जुनमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो।  

यो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीबिच लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारी भएको छ।  

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामांगले लागुऔषध नियन्त्रण र न्यूनीकरण गर्न जनचेतनाको ठूलो महत्त्व रहेको चर्चा गर्दै लागुऔषधरहित समाज बनाउन प्रहरी, स्थानीय निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायले आपसी समन्वय, सहकार्य र दायित्वबोध गरी अगाडि बढ्नुपर्ने बताए।  

उपत्यका प्रहरीले तीन जिल्लामा लागुऔषधविरुद्ध खोजी अभियान र सचेतनामूलक अभियान जारी राखेको छ। कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले यो कार्यक्रमले लागुऔषध नियन्त्रण र न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।  

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष प्रताप दानीले अभियानमा सबैको सहकार्य जरुरी रहेको बताए।