२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

अ+ अ-

 काठमाडौँ। टर्कीको उत्तर-पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ ।

सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।

राष्ट्रपति रेचेप तैयप एर्दोआनले एक विज्ञप्ति जारी गर्दै मृतक परिवारमा समवेदना र भूकम्पबाट घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विपत्तिबाट जोगाउनून्,’ उनले ‘एक्स’मा लेखेका छन् ।

गृहमन्त्री अली येरलिकायाले हाल खोज तथा उद्धार कार्य सकिएको बताएका छन् । उनका अनुसार ठूलो क्षति वा मानवीय हानीको संकेत भेटिएको छैन ।

तर, भूकम्पको केन्द्रबिन्दु सिन्डिर्गीका तस्बिरहरूमा ठूला भवनहरू पूर्णरूपमा ढलेका र फलामका बीमसहितको भग्नावशेष थुप्रिएको देखिन्छ ।