२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती सभ्यता विकास समिति अध्यक्षमा ११ जना ‘सर्टलिस्टेड’

अ+ अ-

काठमाडौँ । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष पदका लागि निवेदन दिएकामध्ये ११ जना ‘सर्टलिस्टेड’ भएका छन् ।

२० असारमा कार्यकारी अध्यक्षका लागि आवेदन खुलेकोमा त्यस अनुसार आवेदन दिनेमध्ये सर्टलिस्टमा परेकालाई व्यावसायिक प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समिति अध्यक्ष सिफारिस समितिले शुक्रबार सर्टलिस्टमा परेका उम्मेदवारको सूची सार्वजनिक गर्दै १ र २ भदौमा अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो ।

सर्टलिस्टमा पाँचथरका दूतबहादुर गुरुङ, बुढानीलकण्ठ काठमाडौँका डा. पुष्पमान श्रेष्ठ, इलामका डा. भूपालकृष्ण थापा, विराटनगरका पंकजकुमार दास, बुढानीलकण्ठ काठमाडौँकै गोरखराज जोशी, गोरखाका कृष्णसिंह बस्नेत, बर्दियाका मोहनराज जोशी, रामेछापका अर्जुनकुमार खड्का, डाँछी काठमाडौँका दीपकप्रसाद कुइँकेल, धनुषाका रामदेव यादव र पिंगलास्थान काठमाडौँकी डा. माला खरेल छन् ।

काठमाडौँ उपत्यकाभित्रका बागमती र यसका सहायक नदीलाई स्वच्छ, सफा र हराभरा बनाउने तथा नदी किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणका लागि गठन आदेश २०७३ मार्फत यो समिति गठन भएको हो ।

समितिले बागमती र अन्य नदी किनारामा बहाव क्षेत्र कायम हुने गरी ढल निर्माण, सडक निर्माण, हरित क्षेत्र निर्माण, तटबन्ध निर्माण तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्र निर्माण गर्दै आएको छ । बागमतीको उद्गम क्षेत्रमा धाप ड्याम तथा नागमती ड्यामजस्ता परियोजना यो समिति मातहत पर्छन् ।

समिति अध्यक्ष सहरी विकास मन्त्री हुन्छन् भने कार्यकारी समिति अध्यक्ष अहिले खाली छ ।