२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक प्रश्नपछि मन्त्री सचिवालयका स्वकीय अधिकृत लोकबहादुर भण्डारी पदमुक्त

अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको छ। मन्त्रालयले सोमबार भण्डारीलाई २०८२ साउन २६ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराएको पत्र प्रशासनलाई प्राप्त भएको छ ।

मन्त्रालयका अनुसार मन्त्रीको सचिवालयमा रहँदा भण्डारीको कार्यशैली र क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेपछि सो निर्णय गरिएको हो। मन्त्रालयको सचिवालयद्वारा जारी सूचनामा, “माननीय मन्त्रीज्यूको सचिवालयमा रही कामकाज गर्दा गरिएको क्रियाकलापप्रति सार्वजनिक रूपमा प्रश्न उठेकोले तपाईँलाई स्वकीय अधिकृत पदबाट आजकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ,” भनिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव एवं निजी सचिव सुमन धितालको हस्ताक्षरमा जारी गरिएको सो पत्रमा अवगतार्थ प्रधानमन्त्रीको निजी सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको छ।

मन्त्री माथि नै विभिन्न आलोचना भइरहेका बेला उनका स्वकीय अधिकृत भण्डारीले डान्स बारमा ‘युवती उचाले’को विषय सामाजिक सञ्जाल लगायत मिडियाहरूमा चर्को आलोचनाको विषय बनेको थियो । जसलाई मन्त्रीको सचिवालयभित्रका आचरण र कार्यप्रणालीसम्बन्धी विषयहरू सार्वजनिक चासोको केन्द्रमा रहेका थिए।