२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

अ+ अ-

वीरगञ्ज (पर्सा) । पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्यो । तर, अहिले पनि उनलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त गर्न सकेका छैनन्। “एक त खडेरी लागेर यहाँको धानको रोपो जोगाउनै मुस्किल भयो,” उनले भने, “अहिले भने धानमा हाल्नुपर्ने मलको भने चर्को अभाव छ ।”

उनले धानखेती गर्नका लागि आवश्यकता अनुसारको मल नपाइरहेको गुनासो गरे । “सोझासिधा कृषकलाई कहिले त पानीको समस्या हुने गर्छ,” उनले भने, “गाउँका टाठाबाठाले त सोर्सफोर्स लगाएर भए पनि जसरी पनि मलको जोहो गर्छन् । हामी त कसलाई भन्नु भनेर बसिरहनुपरेको छ ।” 

अहिले तराई–मधेसका कृषकले धानमा युरिया मल छर्नै बेला भएको छ । तर, यहाँ युरिया मल प्राप्त गर्न भने धेरै मुस्किल पर्ने गर्छ । उनी मात्रै होइन, वीरगञ्ज महानगरपालिका–२८ बगहीका चार बिघा धान खेप्ती गर्दै आएका गेनालाल पटेल पनि अकासेपानी परेसँगै कृषकमा आशाको तन्द्रा जगाएको बताए। “यहाँ पानी परेपछि अलिकति धान हुन्छ कि भन्ने आशा जगाउने काम भइरहेको छ,” उनले भने, “सुक्खाग्रस्त हुँदा त धानको रोपो तथा बीउ पनि सुकिसकेको थियो । बीउ र धानको रोपो दुवै पलाउने आशा त जगाएको छ ।” 

उनले पछिल्ला दिनमा अकासेपानी परे पनि मल खादको समस्याले अर्को तनाव सिर्जना गरेको गुनासो गरे । “कृषि कर्म गर्नेलाई कहिल्यै पनि शान्त भएर बस्न पाइँदैन,” उनले भने, “हामी त अभावै अभाव झेल्दै आइरहेका छौँ । कहिले पानीको अभाव, कहिले मल खादको अभाव यो त सामान्य जस्तै भइसकेको छ ।” कृषि ज्ञान केन्द्र पर्साका अनुसार आव २०७८/७९ मा पर्सा जिल्लामा १६ हजार ९६७ मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो । केन्द्रका अनुसार सो वर्ष युरिया मल १० हजार ९० मेट्रिक टन, डिएपी छ हजार ९६ मेट्रिक टन, पोटास २७५ मेट्रिक टन प्रयोग गरिएको थियो । 

पछिल्ला तीन वर्षमा मलको कति प्रयोग गरिन्छ भन्ने यकिन तथ्यांक भने आइसकेको छैन । केन्द्रका प्रमुख रामजीवन ठाकुरले पर्साको कृषियोग्य जमिनको उर्वराशक्ति घटेसँगै रासायनिक मलखाद अत्यधिक प्रयोग हुने गरेको बताउनुहुन्छ । “सरकारी मापदण्डअनुसार प्रतिकट्ठा तीन/चार किलोग्राम मल प्रयोग गर्नुपर्ने हुन्छ तर धेरै खेती उब्जाउने नाममा कृषकले प्रतिकट्ठा आठ/ १० किलोग्राम रासायनिक मल प्रयोग गर्दछन्,” उनले भने, “कृषकले अत्यधिक मात्रामा मल प्रयोग गर्ने भएकाले पनि अभाव हुने गरेको हो ।”

पर्सामा मलको उपलब्धता ६० प्रतिशत मात्रै

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६० प्रतिशतको माग मात्रै पूरा गर्ने बताउछन् । 

दुवै संस्थाले स्थानीय पालिकाको सिफारिसमा सम्बन्धित पालिकाका सहकारी संस्था तथा डिलरलाई उपलब्ध गराउने गर्छन् । रासायनिक मल खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताका आधारमा स्थानीय तहको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्ने गरिन्छ ।  जिल्लाका १४ पालिकामा  करिब १०९ डिलरमार्फत रासायनिक मल उपलब्ध गराउने गर्दछन् । 

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख दुर्गाप्रसाद पाण्डेयले आव २०८१/८२ मा पर्सामा १० हजार ९४७ मेट्रिक टन युरिया, डिएपी र पोटास मल बिक्री गरेको जानकारी दिए । यसमा युरिया मल पाँच हजार ३६५ मेट्रिक टन, डिएपी मल पाँच हजार १२६ मेट्रिक टन बिक्री गरिसकेको छ । 

त्यस्तै, पोटास मल भने ४३५ मेट्रिक टन वितरण गरिसकेको छ । सोही अवधिमा २० दशमलव ९० मेट्रिक टन चुन पनि वितरण गरेको छ । प्रमुख पाण्डेयले कृषकले पछिल्ला वर्षमा अत्यधिक मात्रामा रासायनिक मल प्रयोग गर्ने भएकाले सीमित कोटाको मलले पुर्‍याउन पनि निकै समस्या भइरहेको बताए।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मधेस प्रादेशिक कार्यालयका प्रमुख आमोज लामिछानेले पर्सामा मागको ६० प्रतिशत मात्रै मलको आपूर्ति हुने भएकाले पनि मलको समस्या हुने गरेको बताए। “सरकारी कोटाअनुसार पर्सामा लगभग नौ प्रतिशत मात्रै मल प्राप्त हुने हो । तर, यहाँ करिब १३ प्रतिशत मल वितरण गर्दा पनि अभाव भयो भन्ने गरिन्छ । 

मलको अत्यधिक प्रयोग गरेकाले पनि मलको अभाव हुने गरेको छ । उनले यहाँ नगदेबाली उखु, सुर्ती र माछापालनलगायतमा पनि युरिया मलको प्रयोग हुने भएकाले पनि मलको अभाव देखिने गर्छ । साल्ट ट्रेडिङले गत आव २०८१/८२ मा पर्सामा युरिया मल दुई हजार १७९ दशमलव २०० मेट्रिक टन वितरण गरेको छ । 

त्यस्तै सोही अवधिमा डिएपी मल भने ५५९ दशमलव ४०० मेट्रिक टन र पोटास मल भने ७७ दशमलव ६५० मेट्रिक टन वितरण गरेको छ । साल्ट ट्रेडिङले अघिल्लो वर्षमा भने युरिया मल दुई हजार ४४६ दशमलव ८०० मेट्रिक टन, डिएपी मल दुई हजार ५१४ मेट्रिक टन र पोटास ९९ दशमलव २०० मेट्रिक टन वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले रासायनिक मल वितरण प्रणालीलाई व्यवस्थित गराउनका लागि सहकारी संस्था र डिलरलाई  निर्देशन गरेको छ । 

कृषि सहकारी संस्थाद्वारा सस्तो मूल्यमा वितरण गर्ने रासायनिक मल वितरण प्रणालीमा गुनासा भएकाले पनि व्यवस्थित वितरण प्रणाली विकास गर्न अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृषि उपभोक्ता समितिले सस्तो र सुलभ मूल्यमा वितरण गर्नुपर्ने रासायनिक मल एग्रोभेट कम्पनीलाई वितरण गर्ने गरेकाले पनि सो नगर्न निर्देशन दिए।

“कतिपय कृषि उपभोक्ता समितिले अनुदानबापत सस्तो मूल्यमा पाएको मल वास्तविक कृषकलाई उपलब्ध नगराएर बिक्री वितरण गर्ने गुनासा आइरहेका छन्,” उनले भने, “प्रशासनले मल वितरण प्रणालीमा नियमित अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनेछौँ ।” प्रजिअ अर्यालले रासायनिक मल वितरणमा पारदर्शिता अपनाउँदै व्यवस्थित खालको वितरण संरचना बनाउन आग्रह गरे ।