२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन्’ :  राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताएका छन् । 

नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्यांकन दिवस-२०८२ को का अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताए ।

“विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ”, राष्ट्रपति पौडेलले भने, “विधिको पूर्ण पालना गरी न्यायपूर्ण रीतिथिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।”

राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भए पनि कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनः स्थापनामा कानुन व्यवसायीले पुर्‍याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उहाँले विश्वास व्यक्त गरे । 

राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रूप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक पर्ने बताए ।

उनले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरूप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवं यस क्षेत्रका मूल्यमान्यता र जबाफदेहिता बहन गर्ने कानुन व्यवसायी तयार गर्नुपर्ने दुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताए ।

राष्ट्रपति पौडेलले परिषद्ले कानुन व्यवसायीको इजाजत प्राप्तिका लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानुन व्यवसायीको क्षमतालाई सिधै प्रतिबिम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेशाको मर्यादा अभिवृद्धि गर्ने हुँदा यसको पालना भए नभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने सुझाव दिए ।