२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहका दुई कर्मचारीको गैलकट्टी, ३५ लाई चेतावनी

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले तोकिएको कार्यस्थलमा हाजिर नभएका दुई कर्मचारीको गैलकट्टी गरेको छ। गृह सचिव स्तरको निर्णयअनुसार शाखा अधिकृत दिनेश सिवाकोटीलाई ६१ दिन र नायब सुब्बा सुवास पौडेललाई ५१ दिनको गैलकट्टी सजाय दिइएको हो।

पौडेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी सरुवा गरिएकोमा उनी त्यहाँ नगई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुगेका थिए। सिवाकोटीलाई इलाका प्रशासन कार्यालय चौरझारी, रुकुम पश्चिम खटाइएकोमा उनी नगई निर्वाचन आयोगमा सरुवा भएका थिए। 

गृह मन्त्रालयका अनुसार दुवैलाई स्पष्टीकरण सोध्दा सन्तोषजनक जवाफ नआएपछि गैलकट्टी गरिएको हो। यद्यपि नायब सुब्बा पौडेलको हकमा भने अप्रेसन गर्नु परेकोले तत्काल खटाएको ठाउँमा जान नसकेको र बिदाका लागि निवेदन दिन खोज्दा सरुवा भई जाँदा मिलाउन सकिने भएकोले अहिले पर्दैन भनेपछि दर्ता नै नगराई बसेको बुझिएको छ । 

मन्त्रालयले खटाइएको कार्यालयमा हाजिर नभएका थप ३५ जना कर्मचारीलाई साउन २८ गतेसम्म उपस्थित हुन चेतावनी दिएको छ। साउन २६ गतेदेखि तीन दिनको समय दिइएकोमा तोकिएको म्यादभित्र नगए निजामती सेवा ऐन/नियम अनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।

यसका बीच अटेरी गर्ने कर्मचारीलाई सजग गराउन र कारबाहीको दायरामा ल्याउन जरुरी रहे पनि कतिपय अवस्थामा व्यवहारिकता हेर्नुपर्ने कर्मचारीहरूको भनाइ छ। साथै, माथिल्लो तहमा विशेष गरी उपसचिव तथा सहसचिवलाई महिनौँसम्म जिम्मेवारी नदिई राख्ने गरेको विषय पनि उठेको छ। जसबारे गृह मन्त्रालय थप गम्भीर बन्नुपर्ने औँल्याइएको छ ।