२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप दुई सिडिओसहित गृहका चार सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित गृह मन्त्रालयका चार सहसचिवको सरुवा गरेको छ।

निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रमेश ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा र जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

त्यसैगरी, गृह मन्त्रालयका सहसचिव लालबाबु कवारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशमा र कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।

यसअघि आजै गृह मन्त्रालयले कैलाली र दाङका प्रमुख जिल्ला अधिकारीको पनि जिम्मेवारी हेरफेर गरेको थियो।