२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अदालतको नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

अ+ अ-

काठमाडौँ। न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको छ । 

शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो ।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई विशेष अदालतको सदस्यमा सिफारिस गरेको छ ।

उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोक्ने न्यायपरिषद्ले परामर्श दिएको हो ।

हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।

विशेष अदालतका सदस्य तेजनारायण सिंह राई उच्च अदालत पोखरामा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलासमा, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुरमा, रितेन्द्र थापा उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा भएका हुन् ।

विशेष अदालतमा अहिले भएको न्यायाधीशहरूको सेट दुई वर्ष पुरानो हो । दुई वर्ष एक ठाउँमा बसेका न्यायाधीशहरूको सरुवा गर्ने अभ्यास अनुसार न्यायपरिषदले न्यायाधीशहरू सरुवा गरेको हो ।

विशेष अदालतका सदस्य विदुर कोइराला मात्रै यथावत् रहेका छन् । उनी एक वर्षमा मात्रै सरुवा भएर विशेष अदालत आएका हुन् ।