२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया कप खेल्ने पाकिस्तानी टोलीमा अटाएनन् बाबर र रिजवान

अ+ अ-

काठमाडौँ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी एसिया कप २०२५ र युएईमा हुने त्रिकोणीय टी-२० सिरिजका लागि १७ सदस्यीय टोली घोषणा गरेको छ । घोषित टिममा स्टार ब्याट्सम्यान बाबर आजम र मोहम्मद रिजवानलाई समावेश गरिएको छैन ।

मध्यक्रमका ब्याटर सलमान अलि आघाले टोलीको नेतृत्व गर्नेछन् । टिममा जसमा फखर जमान, शाहिन शाह अफ्रिदी, हरिस रौफ, हसन अलि र युवा खेलाडीहरू सैम आयुब, हसन नवाज र मोहम्मद ह्यारिस जस्ता खेलाडीहरू समावेश छन् ।

टोलीमा मोहम्मद वासिम र सलमान मिर्जाको पुनरागमन भएको छ । फखर जमान वेस्ट इन्डिजको भ्रमणमा लगेको ह्यामस्ट्रिङ चोटबाट निको भएर टोलीमा फर्किएका हुन् ।

प्रशिक्षक माइक हेसनले बाबर र रिजवानलाई टोलीबाट हटाउनुको कारणबारे बताउँदै भने, ‘बाबर एक उत्कृष्ट खेलाडी हुन्, तर उनलाई स्पिनविरुद्ध खेल र स्ट्राइक रेटमा सुधार गर्न भनिएको छ । हालका खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेका छन् र सकारात्मक प्रभाव पारिरहेका छन् ।’

पूर्वकप्तान मोहम्मद हाफिजले पनि यो निर्णयको समर्थन गर्दै भने, ‘बाबर र रिजवान हालका दिनमा पाकिस्तानका लागि खेल जिताउने खेलाडी होइनन् । सलमान अलि आघा, सैम आयुब र हसन नवाजले निरन्तर प्रदर्शन गरिरहेका छन्,’ उनले थपे, ‘पीसीबीले टी-२० क्रिकेटमा आक्रामक ब्याटिङ शैलीलाई प्राथमिकता दिएको छ, जसमा सैम आयुब जस्ता खेलाडीहरू (स्ट्राइक रेट १३७.९५) उपयुक्त छन् ।’

बाबर र रिजवानले पछिल्लो पटक डिसेम्बर २०२४ मा टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए । सन् २०२५ को पीएसएलमा बाबरले पेशावर जाल्मीका लागि ५६८, ५३८ र ९४ रन बनाएका थिए, तर हालैको वेस्ट इन्डिजविरुद्धको ओडिआई सिरिजमा उनको प्रदर्शन ४७, ० र ९ रनमा सीमित रह्यो । रिजवानले पनि उक्त सिरिजमा ५३, १६ र ० रन बनाएका थिए ।

एसिया कप २०२५ टी-२० ढाँचामा सेप्टेम्बर ९ देखि २८ सम्म युएईको आबुधाबी र दुबईमा आयोजना हुँदैछ । पाकिस्तान समूह ‘ए’ मा भारत, ओमान र युएईसँग छ । त्रिकोणीय सिरिज २९ अगस्तदेखि ७ सेप्टेम्बरसम्म शारजाहमा अफगानिस्तान र युएईसँग खेलिनेछ ।

पाकिस्तानको टोलीमा सलमान अलि आघा (कप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हरिस रौफ, हसन अलि, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वासिम, साहिबजादा फरहान, सैम आयुब, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी, सुफियान मोकिम छन्।