२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लास्टिक र यसले पशुहरूमा पार्ने दुष्प्रभाव

अ+ अ-

कार्बनको पोलिमराइजेसन प्रक्रियाबाट निर्माण गरिएको कृत्रिम पदार्थलाई प्लास्टिक भनिन्छ। प्लास्टिक सस्तो र टिकाउ हुने भएकाले विभिन्न प्रयोगका लागि उत्पादकहरूले अन्य सामग्रीभन्दा बढी प्लास्टिक प्रयोग गर्न रुचाउँछन्। यसको प्रयोग अहिले सर्वव्यापी बनेको छ—निर्माण कार्य, प्याकेजिङ्गदेखि इलेक्ट्रोनिक उपकरणसम्म यसको व्यापकता देखिन्छ। सन् १९०७ मा ‘बेकेलाईट’ को आविष्कारसँगै कृत्रिम प्लास्टिकको युगको प्रारम्भ भएको हो।

प्लास्टिक लामो समयसम्म नकुहिने भएकाले यसले जल, जमिन र प्राणीहरूमा ठूलो असर पार्दछ। एक अध्ययनअनुसार १९५० देखि २०१७ सम्म अनुमानित ९.२ अर्ब टन प्लास्टिक विश्वव्यापी रूपमा उत्पादन भएकोमा करिब ९% मात्र पुनःप्रयोग भएको छ र १२% जलाइएको छ। बाँकी ठूलो मात्रामा प्लास्टिक फोहोर वातावरणमै बाँकी रहेको छ जसले सम्पूर्ण इकोसिस्टमलाई असर पुर्‍याइरहेको छ। यदि प्लास्टिकको माग यस्तै रहिरह्यो भने सन् २०६० सम्ममा वार्षिक विश्वव्यापी उत्पादन १.३ अर्ब टन नाघ्ने अनुमान गरिएको छ।

प्लास्टिकका कारण नालाहरू जाम भई फोहोरको निकास अवरुद्ध हुने, समतल भूभाग जलमग्न हुने मात्र होइन, पोखरी, ताल, नदी हुँदै समुद्रसम्म प्रदूषित हुने समस्या देखिन्छ। यसले जलीय जीव मात्र नभई तिनलाई उपयोग गर्ने सम्पूर्ण जीवलाई असर पार्दछ। माइक्रोप्लास्टिक र यसमा रहेका हानिकारक रसायनले क्यान्सर, मस्तिष्कको वृद्धि-विकासमा अवरोध, भ्रूणको वृद्धि-विकासमा असर, हर्मोनल गडबडी र अन्य थुप्रै मेटाबोलिक रोग निम्त्याउने तथ्य विभिन्न शोधहरूले पुष्टि गरिसकेका छन्।

पशुहरूमा प्लास्टिकको असर
प्लास्टिक कुनै प्राणीका लागि खानयोग्य वस्तु होइन। तर पशुहरू यसको रंग, नरमता, वा यसमा राखिएका खाद्यवस्तुको गन्ध र स्वादले झुक्किन सक्छन्। शहरी क्षेत्रमा अव्यवस्थित फोहोर व्यवस्थापन, अत्यधिक प्लास्टिक प्रयोग र जहाँतहीँ फाल्ने प्रवृत्तिका कारण पशुहरू यसको शिकार बन्दै आएका छन्।

यसै असार २९ गते जनकपुरधाममा पशु चिकित्सकलाई ‘रुमिनोटोमी सर्जरी’ प्रशिक्षण दिने क्रममा एउटा गाईको पेटबाट करिब २०–२५ किलो प्लास्टिक निकालिएको घटनाले समेत यसलाई पुष्टि गर्दछ।

प्लास्टिक खाएका पशुमा देखिने लक्षण र उपचार
प्लास्टिक खाएको बेला तुरुन्तै लक्षण देखिँदैन। यो मात्रा र पटकमा निर्भर हुन्छ। थोरै मात्रा र नअड्किने अवस्थामा गोबरमार्फत बाहिर निस्कन सक्छ। तर धेरै मात्रामा क्रमशः जम्मा हुँदै गएमा यसले पेटको रुमेन भाग ओगट्दै जान्छ। यसले रुमेनलाई ब्लक गर्ने, अपाच्य प्लास्टिकले इम्प्याक्सन गराउने, खाएको खाना त्यहीँ अड्किने, पोषण शरीरले ग्रहण गर्न नसक्ने, तिखा भागहरूले कोतार्दा थप संक्रमण हुने, भित्र घाउ बन्ने सम्भावना रहने हुन्छ।

दीर्घकालीन रूपमा पशुहरू कमजोर हुँदै जानु, खाना कम खानु, पेट फुल्नु, छटपटिनु, सासप्रश्वासमा समस्या हुनु, रक्तअल्पता देखिनु जस्ता असर देखिन्छन्। यदि प्लास्टिक घोच्ने खालको भएमा ‘टी.आर.पी.’ समेत हुनसक्छ। गाई-भैँसीमा दुध उत्पादन घट्नु पनि लक्षण हो। यी लक्षण अन्य रोगसँग मिल्ने भएकाले रोगनिदानमा जटिलता आउँछ र कहिलेकाहीँ रोगै नपत्ता लागी पशुको मृत्यु हुन सक्छ।

यसको ठोस उपचार सर्जरी बाहेक छैन, तर सर्जरी खर्चिलो छ र सबै ठाउँमा सर्वसुलभ पनि छैन।

अबको बाटो
हामीले जानाजान वा नजान्दासमेत गरेका गल्तीहरूले जल, जमिन र प्राणीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। प्लास्टिकबाट निस्कने रसायनले वातावरण मात्र नभई मानव स्वास्थ्यलाई समेत असर गरिरहेको छ। अर्कोतर्फ, प्लास्टिकमा खानेकुरा फाल्ने वा प्लास्टिक थुप्रोमै खाना हाल्ने बानीका कारण पशुहरू मृत्युको मुखमा धकेलिँदै छन्।

यसबाट जोगिन समाजमा प्लास्टिक प्रदूषणबारे जनचेतना फैलाउन, फोहोर व्यवस्थापन व्यवस्थित ढंगले गर्न, फोहोर बिहानै उठाउन जसले पशुको पहुँच घटाउँछ, शहरी क्षेत्रमा छाडा पशु नछोड्ने र नियन्त्रण गर्न, विद्यालय/कलेजको पाठ्यक्रममा प्लास्टिक प्रदूषणबारे शिक्षा समावेश गर्न, प्लास्टिक प्रयोगसम्बन्धी विद्यमान ऐन-कानुन आत्मसात गर्न आवश्यक छ। सकेसम्म कम प्लास्टिक प्रयोग गरी कागज, कपडा वा जुटका झोला बढी प्रयोगमा ल्याउनुपर्छ। यही नै अबको अन्तिम विकल्प हो।

ठाकुर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाका वरिष्ठ पशु चिकित्सक हुन्