२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रसुवाली माटोले खोजेको र जनताले रोजेको योजनालाई प्राथमिकता दिइने छ’-मन्त्री लामा

अ+ अ-

रसुवा । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात लामाले रसुवाली माटोले खोजेको र जनताले रोजेको योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरी जिल्लवासीको पक्षमा काम गर्ने बताएका छन् ।

अर्थमन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका नेता लामाले शिक्षा, स्वास्थ्यसहित विकास निर्माणका हिसाबले पछि परेका रसुवाली जनताको भावना र चाहनाबमोजिम सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनतालाई केन्द्रमा राखेर तयार गरिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिई विकास निर्माणसहित आमजनताको जीवनस्तर सुधार गर्नेतर्फ जिल्लावासी एक हुनुपर्नेमा जोड दिए।

रसुवा जिल्लाबाट बाग्मती प्रदेशसभामा दोस्रो कार्यकालका लागि प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री लामालाई जिल्ला प्रवेश गरेसँगै वेत्रावती, कालिका स्थान, धुन्चे, स्याफ्रुबेँसीलगायत विभिन्न स्थानमा रसुवावासीले स्वागत तथा सम्मान गर्दै विभिन्न विकास योजनाका लागि आवश्यक बजेट व्यवस्था गरिदिन माग गरे ।

नेपाली काँग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङका अनुसार स्थानीय जनताले सडक मर्मत तथा सुधार गर्न, निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालय भवन चाँडो सक्न, गोसाइँकुण्ड धार्मिक मार्गको मर्मतसम्भारसहित सुधार गर्न, कृषि र स्वास्थ्य, पाठशाला स्थापना गर्न, स्याउ चिस्यान केन्द्र भवन निर्माण गरिदिन मन्त्री लामासँग अनुरोध गरेका थिए ।

यसैगरी, धार्मिक, सांस्कृतिक तथा भौगोलिक दृष्टिले पर्यटकीय स्थलका रूपमा परिचित रसुवा जिल्लास्थित विभिन्न स्थानका पैदल मार्गको गोरेटो-घोडेटो बाटो निर्माण गर्न, गोसाइँकुण्डमा आवश्यक पूर्वाधार निर्माण गर्न र जनताको दैनिक जनजीवनसँग सरोकार राख्ने माग मुद्दाहरूलाई सम्बोधन गर्न प्रदेश अर्थमन्त्रीको भूमिकामा रहेका मन्त्री लामासँग जिल्लावासीका तर्फबाट अनुरोध गरिएको काँग्रेस सभापति तामाङले जानकारी दिए।