काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन जिल्ला अदालत कास्कीबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
सहकारी ठगी अभियोगमा पक्राउ पुर्जी जारी भएका बम्जन फरार थिए । उनले आइतबार नै कास्की जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका हुन् ।
सूचना अधिकारी दामोदर आचार्यका अनुसार न्यायाधीश शंकरकुमार राईको इजलासमा बम्जनको बयानपछि १० लाख रुपैयाँ धरौटी माग गरेकोमा रकम बुझाएर उनी छुटेका हुन्।
बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार तथा पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राईका जेठान हुन् ।







