२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने : ‘नेताले जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी लिएपछि पार्टी नेताले त्यसलाई पूरा गर्नुपर्ने बताएका छन् ।

प्रत्येक सदस्यले लिएको जिम्मेवारी पूरा गर्न सके मात्रै पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिने अध्यक्ष नेपालको भनाइ थियो ।

‘कुनैपनि नेताले जिम्मेवारी लिइसकेपछि त्यो जिम्मेवारीलाई पूरा गर्नुपर्छ । जिम्मेवारी पूरा गरिएको छ कि छैन ? सोहीअनुसार काम गरिएको छ कि छैन भन्ने कुराको अनुगमन पनि हुनुपर्छ,’ उनले भने, ‘प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ ।’

सोमबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको उनले टिप्पणी गरे । कम्युनिष्ट पार्टीभित्र मात्रै नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी अध्यक्ष नेपालले गरे ।

राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मक सन्देश दिनुपर्ने उनले बताए ।

‘नेपालको कम्युनिष्ट आन्दोलन अहिले पनि निकै ठुलो संकटको अवस्थामा छ । चुनौतीको बीचमा छ,’ अध्यक्ष नेपालले भने, ‘‘चुनौती नै चुनौतीहरूको माझबाट हामी अगाडि बढिरहेका छौँ । त्यसकारण चुनौतीबाट आत्तिनुपर्ने, संकटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन । संकट कहिले आएन रु चुनौती कहिले थिएन रु चुनौती र संकटहरूलाई पन्छ्याउँदै हामी अगाडि बढिरहेका छौँ । त्यसकारण चुनौती र संकटको सामना गर्ने आँटका साथ अगाडि बढाउनुपर्छ ।’

पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।