काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दर्जन सर्त राखेर गरेको एमसीसी गरेर नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात गरेको आरोप लगाएका छन् ।
नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको गरेको बताए ।
उनले भने, ‘१३ वटा दस्तावेज त मैले पनि पढेको छु। हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो। सामान्य घात होइन। यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’
उनले एमसीसी सत्ताधारीहरूको चलखेलको विषय बनाएर सम्झौता गरेको बताए ।
उनले थपे, ‘उहाँ एकाध व्यक्तिको लहड, उनीहरूको निजी स्वार्थ, गुटको स्वार्थको आधारमा हुने गरेका छन्। हामीले यो परिपाटीलाई बदल्नुपर्नेछ। अब एमसीसीजस्तै अर्को गल्ती गर्ने नजिर बनाउन हुँदैन ।’







