२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. बाबुराम भट्टराईले भने-‘उखुको मूल्य बेलैमा तोक्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेलैमा उखु किसानहरूको मूल्य तोकिनुपर्ने बताएका छन् ।

मंगलबार उखु किसानहरूको आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला पुगेका उनले यस्तो बताएका हुन् ।

‘पहिले त उखु किसानलाई बेलैमा मूल्य तोक्नुपर्छ । किसानसहित भएर मूल्य तोक्नुपर्‍यो । तर, हाम्रोमा सकेसम्म मूल्य नै नतोक्ने तोकियो भने पनि एक पक्ष मिलेर तोक्ने,’ भट्टराईले भने, ‘अझ भन्दा सरकार र बिचौलिया मिलेर तोक्ने र उनीहरूले नै विभिन्न बाहनामा वर्ष दिनसम्म अड्काएर राख्ने ।’

उनले देशको उद्योगलाई ध्वस्त पारेर बाहिरबाट कालोबजारीमा चिनी ल्याएर बेच्नका लागि कमिसन खाएर महँगोमा बेच्ने गरेको बताए ।

‘राजनीतिक दलका नेताहरू, सरकारहरूले के गरे भने, आफ्नो देशको उद्योगधन्दालाई ध्वस्त पारेर बाहिरबाट चोरिबजारी गरेर ल्याउने र यहाँ कमिसन खाएर महँगोमा जनतालाई बेच्ने गरेका छन्,’ उनले भने, ‘हाम्रा किसानले उत्पादन गरेको उखु भएन भन्ने, अनि फ्याक्ट्रीहरू पनि बन्द गर्ने काम भइरहेको छ । राज्यबाट उल्टै उनीहरूले जनता र राज्य दुवैलाई ठग्ने काम भइरहेको छ ।’