२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत-चीन भ्रमणमा सीमाको विषयमा दृढतापूर्वक कुरा राख्न प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लिपुलेकबारे भारत र चिनबीच भएको सम्झौताले नेपालको सार्वभौमिकता माथिको प्रहार गरेको बताएका छन्।

उखु किसानको आन्दोलनलाई समर्थन जनाउन माइतीघर पुगेका श्रेष्ठले यो आपत्तिजनक कदम भएको बताए।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेको श्रेष्ठले भारतलाई भने, ‘यो विवादको समाधान गरौँ। यसको सुरुआत हामीले गरेका होइनौँ तपाईंहरुबाटै सिर्जना भएको हो। हाम्रो लागि त तथ्य प्रमाणहरूले भनिराखेकै छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हो। त्यसमा कुनै विवाद छैन। तथ्य र प्रमाणसहित नेपालले त्यो कुरा प्रस्ट राखेको छ। तर भारतले त्यसलाई सहज स्वीकार गर्नुको सट्टा परराष्ट्र मन्त्रालयको सचिव स्तरको बैठक राखेर समाधान गर्ने कुरा गर्छ तर बैठक कहिल्यै राख्दैन। यो दुखद हो।’

उनले चीनसमेतको सहभागितामा लिपुलेकबारे भएको सहमति नेपालको सार्वभौमिकतामाथिको अपमान भएको बताए। उनले प्रधानमन्त्री केपी ओलीलाई भारत र चीन दुवै भ्रमणमा सीमा विवादबारे आफ्नो कुरा दृढतापूर्वक राख्न सुझाए।