२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा नाकाबारे ल्हासा महावाणिज्य दूतावासले गरायो सिचाङको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । चीनले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको जानकारी दिएको छ । ल्हासास्थित चीनका लागि नेपाली महावाणिज्य दूतावासमा पुगेर सिचाङ स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालयका महानिर्देशक पाओ तिङले यस्तो जानकारी दिएका हुन् ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण रसुवा नाका ध्वस्त हुनुका साथै मानवीय तथा भौतिक क्षति भएको थियो । बुधबार नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँगको भेटवार्तामा महानिर्देशक तिङले रसुवा सीमा व्यवस्थापनको कामलाई तीव्रता दिइएको र नेपाल-चीन व्यापार तथा वाणिज्यको मुख्य आधार रहेका रसुवागढी र तातोपानी सीमा नाकाको व्यवस्थापन गर्न र किमाथांका सीमा नाका सञ्चालन गर्न चिनियाँ सरकार तयार रहेको जानकारी गराए । साथै उनले नाका सञ्चालनका लागि नेपाल र चीन दुबैतर्फबाट संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए ।

महानिर्देशक तिङले पहिलो पटक महावाणिज्य दूतावासको भ्रमण गरेको महावाणिज्य दूतावासले जनाएको छ । नेपाल-चीन सम्बन्धलाई सुदृढ पार्न हालसम्म गरिएका संयुक्त प्रयासहरूमा योगदान पुर्‍याएकोमा महावाणिज्य दूतावासले धन्यवाद पनि ज्ञापन गरेको छ ।

महावाणिज्यदूत निरौलाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदै गर्दा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको उल्लेख गरे । उनले भने, ‘दुवै देशले पारस्परिक सद्भाव, एक अर्काको सार्वभौमसत्ताको सम्मान र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारमा गरिरहेको कामले सम्बन्धलाई अझ बलियो बनाएको छ ।’

महावाणिज्यदूत निरौलाले हालसम्म चीनबाट प्रदान गरिएको सहयोगको लागि चीन सरकारलाई धन्यवाद दिए । गत असार २४ गतेको ल्हेन्दे नदीको बाढीका कारण नेपाल-चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकहरूलाई तुरुन्तै सुरक्षित स्थान हुँदै नेपाल फर्किन र क्षतिग्रस्त नाकाको पुनर्निर्माणमा देखाइएको तदारुकताप्रति धन्यवाद ज्ञापन गरे । उनले मितेरी पुलको निर्माणलाई तीव्रता दिन, तत्काल अस्थायी संरचना बनाएर भएपनि गोदाममा भण्डारण गरिएका सामानहरू नेपाल पठाउने काममा सहजीकरण गर्न ध्यानाकर्षण गराए ।