२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल-चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ’ : पूर्वप्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल-चीन सम्बन्ध ऐतिहासिक मित्रता र आपसी विश्वासमा आधारित रहेको बताएका छन् ।

नेपालस्थित चीन संस्कृति केन्द्र र आन्हुई प्रान्तीय संस्कृति तथा पर्यटन विभागद्वारा आज आयोजित ‘विश्वसँगको संवादमा सुन्दर आन्हुई’ प्रवर्द्धन सम्मेलनको शुभारम्भ गर्दै उनले दुई देशबीच पर्यटन, संस्कृति, भाषा, साहित्यलाई आदानप्रदान गरी सम्बन्धलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री खनालले नेपालमा पनि चीन, आन्हुईजस्ता प्रान्तीय-स्तरका सहकार्य कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने बताउँदै यसले जनस्तरमा पनि सम्बन्ध बलियो बनाउने उल्लेख गरे ।

कार्यक्रममा आन्हुई प्रान्तीय जन सरकारका भाइस गभर्नर सन योङले आन्हुई प्रान्तीय भाइस गभर्नर सन योङले संस्कृति र पर्यटनको अनुपम नमुनाका रूपमा आन्हुईलाई विकास गरिएको बताउँदै काठमाडौँ र आन्हुईबीच प्रत्यक्ष सहकार्य विस्तारमा जोड दिए। 

नेपालस्थित चिनियाँ राजदूत चेन सङले नेपाल–चीनको सम्बन्धलाई अझ सबल बनाउन आन्हुई प्रवर्द्धन सम्मेलनले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । आन्हुई प्रान्तको सांस्कृतिक सम्पदा, पर्यटन गन्तव्य, लगानी अवसर र ‘ग्रान्ड ह्वाङ्सान’ ब्रान्ड विश्वसामु प्रस्तुत गरिएको थियो ।

विशेष गरी ह्वाङ्सान पर्वत, सिडी-होंगछुन गाउँ जस्ता युनेस्को विश्वसम्पदा क्षेत्र, चिया संस्कृति, ग्रामीण पर्यटन र आधुनिक लगानी वातावरणबारे प्राविधिक प्रस्तुति गरिएको थियो ।

सम्मेलनमा नेपाली सरकारी निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी, शैक्षिक क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । 

यसअघि जापान, दक्षिण कोरिया, बेलायत र संयुक्त राष्ट्रसंघमासमेत यस किसिमको प्रवर्द्धन सम्मेलन भइसकेको जनाइएको छ ।