२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुनेछ’: उपमहासचिव ज्ञवाली

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताएका छन् । 

प्रेस चौतारी नेपालले आज आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारहरूसँग संवाद कार्यक्रममा उनले महाधिवेशनमा नेपाली समाजको आर्थिक र वर्गीय विश्लेषण हुने बताए । “नेपाली विशेषताको समाजवादका बारेमा महाधिवेशनमा छलफल हुनेछ । समाजवाद निर्माणका लागि कस्तो पार्टी बन्ने भन्ने पनि बहस हुनेछ”, उपमहासचिव ज्ञवालीले भने । 

जनताको बहुदलीय जनवादलाई पार्टीले मार्गदर्शन सिद्धान्तका रूपमा अगाडि बढाएको भन्दै उपमहासचिव ज्ञवालीले अब मुलुकको समृद्धिका लागि जबजलाई समानुकूल बनाएर लैजान जरुरी रहेको बताए । उनले  महाधिवेशनमा संसदीय निर्वाचनमा पार्टीले बनाएका घोषणापत्रले पारेका प्रभावमाथि चर्चा हुने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पार्टी र राष्ट्र निर्माणको माग दर्शनका रूपमा रहने बताए। 

उपमहासचिव ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रतिवेदनमा मातहतका कमिटीबाट सुझाव आइरहेकाले यही भदौ १९ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले थप सुझावसहित महाधिवेशनमा पेस गर्ने जानकारी दिए । 

उनले पार्टीभित्र विवाद हुनुपर्ने कुनै कारण नै नभएको उल्लेख गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीको उच्च सम्मान र मूल्यांकन रहेकाले अभिभावकीय भूमिका बस्न आग्रह गरे । 

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले महाधिवेशन सफल बनाउन चौतारीले प्रचारप्रसार कामलाई अगाडि बढाएको बताए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतको उपस्थिति रहेको थियो ।