२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशकलाई कालो मोसो दल्ने हल्लापछि यातायात विभागमा कडा सुरक्षा

अ+ अ-

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट जडानको विरोधबीच यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई कालो मोसो दल्ने तयारी भइरहेको भन्ने हल्ला फैलिएपछि विभागमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

मिनभवनस्थित विभागको कार्यालयमा गेटदेखि लिएर महानिर्देशकको कार्यकक्षसम्म प्रहरी तैनाथ गरिएको छ। विभागका अनुसार अहिले जनपथ प्रहरी र सशस्त्र प्रहरी दुवै खटाइएको छन्।

अत्यावश्यक कामका लागि कार्यालय आउने सेवाग्राहीलाई पनि कामको विवरण स्पष्ट्याएपछि मात्र प्रवेश दिइएको छ। विशेष गरी लाइसेन्स प्रिन्टका लागि आएका सेवाग्राहीलाई कडाइपूर्वक जाँच गरी कार्यालय भित्र प्रवेश दिइएको विभाग स्रोतले जनाएको छ।

यता, विभागमा महानिर्देशकसहित कर्मचारीहरूको बैठक बसिरहेको छ। यसबीच इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी सरकारी निर्णयलाई लिएर चौतर्फी विरोध भइरहेको छ। तर विभागले भने तत्काल नम्बर प्लेट जडान नगरे दण्ड वा जरिवाना तिर्नुपर्ने अघिल्लो निर्णयबाट पछाडि हटिसकेको स्पष्ट गरेको छ।