२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सद्वारा ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवर्द्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका विषयक’ छलफलमा व्यवसायीलाई लगानी गर्न आह्वान गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी मङ्सिर १ र २ गते धनगढीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन गर्न लागिएको जानकारी दिए। उनले त्यस क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्दै निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरे।

सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्यहरू रहेकाले त्यहाँ नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए। मुख्यमन्त्री शाहले सुदूरपश्चिमका सम्भावनालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उक्त प्रदेशका प्रतिनिधिमण्डल काठमाडौँमा आएर केन्द्रीय सरकार, निजी क्षेत्र, विभिन्न गैरसरकारी निकायसँग छलफल गरिरहेको मुख्यमन्त्री शाहले उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेश योजना आयोगका प्रतिनिधि नृप सुनारले त्यहाँको ऐतिहासिक महत्त्व, भौगोलिक अवस्थिति, पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले त्यहाँको आर्थिक तथा सामाजिक विकासका निम्ति देशभरका निजी क्षेत्रका व्यवसायीलाई आग्रह गर्दै सम्मेलनको प्रचारप्रसारका लागि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।