२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६२२ पुग्यो अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या

अ+ अ-

काठमाडौँ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ।

नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो।

सोमबार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ६२२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

घाइतेको सङ्ख्या पनि बढेर १५ सय नाघेको तालिबान सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

पाकिस्तानसँग सिमानजिकै भूकम्पको केन्द्रबिन्दु भएकाले धक्का पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो। अफगानिस्तानकै राजधानी काबुलसम्म पनि कम्पन महसुस भएको थियो।

भूकम्पले ग्रामीण बस्तीहरू तहसनहस बनाएको छ। कुनार र नङ्गरहार प्रान्तमा मानवीय र भौतिक क्षति बढी भएको छ।

रोयटर्सका अनुसार कुनारमा मात्रै ६१० जनाको मृत्यु भएको छ। १२ जना नङ्गरहारका छन्।

तालिबान सरकारको रक्षा मन्त्रालयले ४० वटा हेलिकप्टर उद्धारका लागि पठाइएको जनाएको छ। ४० वटा उडानबाट ४२० जनाको उद्धार गरिएको बताइएको छ।

भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्‍याएकाले विवरण पनि ढिलो प्राप्त भएको भनेर तालिबानलाई उद्धृत गरेर एनबिसीले लेखेको छ।

भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेको छ।

राति ६ म्याग्निच्युडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्निच्युडभन्दा बढी तीव्रताको परकम्पले थप क्षति पुर्‍याएको बताइएको छ।

त्यसपछि पनि साढे ४ म्याग्निच्युडभन्दा बढी तीव्रताका कैयौँ परकम्प महसुस भएका थिए।

यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।