२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा भेन्टिलेटरको अभावमा सर्पदंशको बिरामीको मृत्यु

अ+ अ-

सिरहा । सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछि मात्रै अन्यत्र ‘रेफर’ गरिएको जनाउँदै पीडित पक्ष चिन्तित बनेका छन् ।

यहाँको औरही गाउँपालिका-३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पदंश भएपछि उनी आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए । तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो र अन्ततः अन्यत्र रेफर गरिएपछि मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।

यस घटनापछि सिरहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए । मञ्चका संयोजक रामरिझन यादवले भने, “उपचार गर्न आग्रह गर्दागर्दै बिरामी बेहोस भए, अनि रेफर गरियो । समयमै उपचार भएको भए ज्यान बच्थ्यो । अस्पतालको चरम लापरबाहीको नतिजा हो यो ।”

प्रदर्शनकारीले तीन बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । मागमा कार्यक्षेत्रमा रहेका चिकित्सकमाथि कारबाही, अस्पतालमा सर्पदंश उपचारको उचित व्यवस्था र एक हप्ताभित्र सघन उपचार कक्ष (आइसियू) तथा भेन्टिलेटर स्थापना गर्नुपर्ने उल्लेख छ । गरिब किसानहरू उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको संयोजक यादवले गुनासो गरे।

यसबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाले अस्पतालमा बिरामीलाई राख्नको लागि भेन्डिलेटर नभएकाले अन्यन्त्र रेफर गर्नुपरेको जानकारी दिए । उनले भने, “बिरामीलाई तत्काल १० भाइरल एन्टिस्नेक भेनम दिइएको थियो । तर, अवस्था गम्भीर भई भेन्टिलेटरको आवश्यकता देखिएपछि रेफर गर्नु परेको हो ।”