काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका २ महिलासहित १९ जना काठमाडौँ आइपुगेका छन् ।
अमेरिकाले चार्टर विमान गरेर डिपोर्ट भएकाहरूलाई केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयलाई जिम्मा लगाएको हो ।
चार्टर विमानबाट ३७ जनालाई बुधबार नै ल्याउने भनिए पनि प्राविधिक कारण देखाएर बाँकी १८ जनालाई पछि फिर्ता पठाउने तयारी रहेको जनाइएको छ ।
डिपोर्ट भएर आएका १९ जनालाई भने अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ ।
ब्युरोले यस विषयमा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको बताएको छ ।







