२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न लागेका हुन् । “अध्ययन गर्दै गर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उनले भने, “गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।”

सुनारले दुई वर्षअघि रु. चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए। उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गरेका छन् । “माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन”, उनले भने, “किसानले रासायनिक मलको विकल्पमा गँड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।” उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए । 

पछिल्लो समय तरकारी खेती, बगर खेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उनले बताए। “सुरुआतमा करिब रु. चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उनले भने, “एक महिनामा मात्र रु. एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु. सात लाखसम्म आम्दानी हुन्छ ।”

सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो रु. २५ का दरले बिक्री हुने गरेको छ । “बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जुल्लाबाट समेत माग आउने गरेको छ”, उनले भने, “मल उत्पादन थप गर्ने योजना बनाएको छु ।”

गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ ।

पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रूपमा यो मल प्रयोग गर्ने गरेका छन् । गँड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहु उपयोगी मानिएको छ ।