२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिजिटल युगमा प्रविधिमैत्री र नागरिक केन्द्रित सेवा अनिवार्य: मन्त्री न्यौपाने

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगतवी न्यौपानेले डिजिटल युगमा नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिन प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो प्रशासनिक प्रणाली अपरिहार्य भएको बताएकी छिन् ।

२२औं निजामती सेवा दिवस-२०८२ को अवसरमा शुभकामना दिँदै मन्त्री न्यौपानेले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेका वर्तमान परिस्थितिमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरूको प्रभावकारी उपयोगमार्फत सेवा प्रवाहलाई जनमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएकी हुन्।

उनले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन प्रणाली सबल र प्रभावकारी हुन नसक्ने बताउँदै नीति निर्माणदेखि कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनसम्म निजामती सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराइन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ,” मन्त्री न्यौपानेले भनिन्, “त्यसैले प्रविधिमैत्री र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ।”

मन्त्री न्यौपानेले निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत नागरिकको विश्वास आर्जन गर्न सकिने उल्लेख गर्दै राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण आजको प्रमुख आवश्यकता भएको स्पष्ट पारिन् ।

निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्दै उनले सबैलाई शुभकामना दिएकी छिन् ।