काठमाडौँ । उग्र प्रदर्शनमा उत्रिएका जेन जेडहरूले नेपाली सेनाको गाडीलाई सिंहदरवारमा स्वागत गरेका छन् ।
सिंहदरवार वरपर प्रदर्शन गरिरहेका उनीहरूले सुरक्षाका लागि पुगेको नेपाली सेनाको गाडीलाई झण्डासहित स्वागत गरेका हुन् ।
उनीहरूले सेनाको गाडीमा नेपालको राष्ट्रिय झण्डा लगाएर स्वागत गरेका हुन् ।
सिंहदरवार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।







