२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई भ्रष्टहरूको चंगुलबाट मुक्त गराउने जेन जेडलाई क्षतिको दोष नलगाउन तोसिमको आग्रह

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जेन जेड आन्दोलनमा भएको क्षतिको दोष जेन जी पुस्तालाई नलगाउन आग्रह गरेकी छन्।

जेन जीको साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको उनको भनाइ छ।

उनले भनेकी छन्, ‘सबैमा आग्रह गर्न चाहन्छु, सम्पूर्ण क्षति र विनाशको दोष आज सम्म देशलाई भ्रष्टहरूले लुटेर नव युवाहरूलाई जीवनको बाजी राखेर देश रक्षाको लागि क्रान्तिमा होमिन बाध्य बनाउने तपाई हामी सबै नेपालीले लिनुपर्छ तर अब नयाँ नेपालको नेतृत्वको जिम्मा, अन्तरिम सरकार बनाउने जिम्मा, भावी सुनौलो नेपाल निर्माण गर्ने जिम्मा, अवसर र श्रेय सम्पूर्ण रूपमा जेन जी पुस्ताको हो।’

देशको लागि सकेको सहयोग काँग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायत सबैले गर्नुपर्ने उनको भनाइ छ।

उनले थपेकी छन्, ‘कृपया कसैले पनि घुसपैठ र राजनीतिकरण नगरिदिनुहोला ! विदेशी तत्त्वबाट पनि देश जोगाउनु छ। जेन जी पुस्ता संयमित भएर, सुरक्षित रहेर, जिम्मेवार भएर तपाईँहरूले देख्नुभएको खोज्नुभएको नयाँ नेपाल निर्माण गर्ने नेतृत्व लिनुहोस्। नयाँ नेपाल निर्माणमा म सधैँ तपाईँहरू सँगै इमानदार भएर उभिनेछु। जसरी २ दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो।’