२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत छिरे जेलबाट भागेका १० भारतीयसहित ११ कैदीबन्दी 

अ+ अ-

काठमाडौँ। जेन जेड समूहले गरेको आन्दोलनक्रममा भदौ २४ गते काठमाडौँका विभिन्न जेलमा रहेका १० भारतीय र १ बंगलादेशी नागरिक भारत छिरेका छन् । 

लागुऔषध, हत्या र सुन तस्करीको मुद्दामा कैद फैसला भएका १० भारतीय भारत छिरेका हुन् । उनीहरूमध्ये एक जना रक्सौलमा पक्राउ परेका छन् ।

उनीहरू नेपाल-भारत सीमा बजार वीरगंज-रक्सौल आसपासका ग्रामीण भेगबाट भारतीय शहर रक्सौल प्रवेश गरेको पाइएको छ । उनीहरू भारत छिरेर घर पुगेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूको रेकर्ड राखेको छ ।

यस्तै, नेपालमा सुन तस्करी गरेको मुद्दामा सजाय भोगिरहेका बंगलादेशी नागरिक नेपाल भारत सीमा अन्तर्गत रक्सौलमा पक्राउ परेका छन् । ५ वर्षअघि जेल सजाय तोकिएका बंगलादेशका नागरिक मोहम्मद अब्दुल हसन थाली नेपाल भारत सीमा अन्तर्गत रक्सौलको सीमा नाकामा पक्राउ परेका हुन् । उनी सोमबार काठमाडौँमा जेल तोडफोड भएर कैदीबन्दी भाग्ने क्रममा भागेर भारतीय सीमा हुँदै बंगलादेश जान खोजिरहेका थिए ।

सीमा सुरक्षा बल (एसएसबी)को ४७ औँ बटालियनले सीमामा आवतजावत गर्नेलाई गर्ने चेकजाँचका क्रममा उनी समातिएपछि नेपाल प्रहरीलाई जिम्मा लगाएर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । 

उनले आफू सुन तस्करी मुद्दामा केन्द्रीय कारागारमा रहेको, सबै भाग्दा आफू पनि भागेर आएको बताएका छन् ।