२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेको अपिल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि बढ्न सबैलाई अपिल गरेकी छन् । 

आज एक विज्ञप्ति जारी गरी उनले नीति निर्माण र कार्यान्वयनमा समावेशी दृष्टिकोण अपनाउनसमेत आग्रह गरेकी हुन्।

“युवापुस्ता, महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका आवाजलाई नसमेटी लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप अगाडि बढ्न आग्रह पनि गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष घिमिरेले कठिन घडीमा सबै पक्षलाई धैर्य, संयम र आपसी विश्वासका साथ अघि बढ्न आग्रह गरेकी छन्। राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेकामा उनको जोड छ । 

उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा सार्वजनिक र निजी संरचना जोगाउन सहयोग गर्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै ‘जेन जेड’ आन्दोलनबाट उत्पन्न परिस्थितिको सामना गर्न शोकलाई शक्तिमा बदल्दै नयाँ नेपाल निर्माणमा जुट्न आह्वान गरेकी छन् । 

विज्ञप्तिमा भनिएको छ, “देश संकटपूर्ण अवस्थामा रहेको यो बेला उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्‍याउदैन् । आन्दोलनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दिगो समाधानको बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो । शान्ति, सहकार्य र आपसी विश्वासमार्फत मात्र हामीले समाज र नागरिकका आकांक्षा सम्बोधन गर्न सक्छौँ ।”